ओलीलाई हात लिएर सीमाना बारे छलफल गर्ने भारतीय चाहना



काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले दुई देशको विचमा रहेको सीमा विवाद समाधान गर्न लामो समय लाग्ने तर अहिले नै कुनै न कुनै खालको संवाद भने शुरु गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीलाई हातमा लिएर भारतीयहरुले सीमा विवाद बारे छलफल गर्न चाहेको विश्लेषण गरिएको छ ।

अर्काथरी विश्लेषकहरु भने भारतले नेपालमा झगडा पारिदिने र केही पात्रहरुलाई किनेर नेपाल हडप्न खोजेको पनि बताएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि छिटै भारत जाँदैछन् । उनको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा उनले अहिलेलाई प्राविधिक सर्वे टोलीबाट काम शुरु गर्न सकिने सुझाएका छन् ।

रेले भनेका छन्, ‘यो समस्या समाधान गर्न लामो समय लाग्नसक्छ तर हामीले कुनै न कुनै रुपमा शुरु चाहिँ गर्नुपर्छ । दुई देशका सर्वे विभागले काम शुरु गर्न सक्छन्, परराष्ट्र सचिवकोबिचमा वार्ता गर्न सकिन्छ र राजनीतिक तहमा पनि वार्ता गर्न सकिन्छ ।’ उनले नेपालमा जुन दलको सरकार आए पनि भारतले निरन्तर रुपमा काम गर्नुपर्ने बताए ।

उनको यो भनाईलाई षडयन्त्रपूर्ण रुपमा हेर्न थालिएको छ । किनकी भारत कहल्यिैपनि सीमा विवाद समाधान गर्न चाहन्न र नेपाली भूमी हडपिरहन चाहन्छ । किनकी सिमानामा विवाद गरेकै उसैले हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्