अन्तर्राष्ट्रिय

श्रीमानको घाँटीमा डोरी बाँधेर डोर्‍याउने महिला पक्राउ

By Saru Sunar

January 14, 2021

श्रीमानको घाँटीमा डोरी बाँधेर डोर्‍याउने एक महिला महिला पक्राउ परेकी छिन्। क्यानडाको क्युबेककी ती महिलाले कोरोनाभाइरस प्रतिबन्धबाट बच्न त्यस्तो गरेकी थिइन्।

क्युबेकमा कोरोनाका कारण राती ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ। यो समयमा कुकुर डुलाउन भने छुट दिइएको छ। सोही कारण उनले त्यस्तो गरेकी प्रहरीले बताएको छ।

पुलिसले उनीहरु १ जनालाई १५ सय ४६ क्यानेडियन डलरका दरले ३ हजार ९२ डलर (२ लाख ८३ हजार रुपैयाँ) जरिवाना तिराएको छ। -बीबीसी