कविता राज कुमार कार्की
माघे संक्रान्ति
“माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति।।”
धर्म ,सस्कृति ,रीतिरिवाज र चाडपर्वले धनी ।
महत्त्वपूर्ण चाड पर्व हो है माघे संक्रान्ति पनि।।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने यो दिन ।
यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् ।।
स्नान गरि मन्दिरमा पूजा नेपालीहरुले यो पर्व मनाउँछन्। ।।
साथै घिउ , चाकु , तिलको लड्डु र तरुल खाइ जाडो भगाउछ्न
मृत्यु शैयामा रहेको अवस्थामा भीष्मले आफ्नो मृत्युका लागि पनि।
सूर्य उत्तरायण हुने समय पर्खिएको कुरा महाभारतमा भनि।।
शिशिर ऋतुमा पर्ने संक्रान्तिमा शरीर शुद्ध गरि घिउ चाकु र तिल तथा खिचडी खाना।
शरीरमा गर्मीका मात्रा बढेर जान्छ है समस्त नेपालीहरु यो कुरा जान ।।
पर्वले धार्मिक सास्कृतिक सद्भाव ,सामाजिक रीतिरिवाज जगेर्ना गर्ने काम ।
भाइचारा कायम राख्न महत्वपूर्ण भुमिका खेलेकाले माघे संक्रान्ति नाम।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।