टप फिचर

कविता माघे संक्रान्ति

By Saru Sunar

January 14, 2021

कविता राज कुमार कार्की

माघे संक्रान्ति

“माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् । स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति।।”

धर्म ,सस्कृति ,रीतिरिवाज र चाडपर्वले धनी । महत्त्वपूर्ण चाड पर्व हो है माघे संक्रान्ति पनि।।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने यो दिन । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् ।।

स्नान गरि मन्दिरमा पूजा नेपालीहरुले यो पर्व मनाउँछन्। ।। साथै घिउ , चाकु , तिलको लड्डु र तरुल खाइ जाडो भगाउछ्न

मृत्यु शैयामा रहेको अवस्थामा भीष्मले आफ्नो मृत्युका लागि पनि। सूर्य उत्तरायण हुने समय पर्खिएको कुरा महाभारतमा भनि।।

शिशिर ऋतुमा पर्ने संक्रान्तिमा शरीर शुद्ध गरि घिउ चाकु र तिल तथा खिचडी खाना। शरीरमा गर्मीका मात्रा बढेर जान्छ है समस्त नेपालीहरु यो कुरा जान ।।

पर्वले धार्मिक सास्कृतिक सद्भाव ,सामाजिक रीतिरिवाज जगेर्ना गर्ने काम । भाइचारा कायम राख्न महत्वपूर्ण भुमिका खेलेकाले माघे संक्रान्ति नाम।।