कर्मचारी अभाबका नाममा रोकियो डायलोसिस सेवा



दिपक बोहरा
तुलसीपुर,२६ पुस

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डायोलोसिस मेसिन जडान भएको एक महिना भन्दा बढी भईसक्यो । तर बिभिन्न बाहानामा सेवा सञ्चालानमा आउन सकेको छैन् । अस्पतालले पुस १५ गते देखि सेवा शुरु गर्ने भनिएपनि शुरु हुन सकेको छैन् ।

स्वास्थ्य मन्त्रालयले राप्ती उपक्षेत्रीय अस्पताल घोराही र राप्ती अञ्चल अस्पताल तुलसीपुरले डायोलसिस सेवा शुरु गर्ने भनी संगै काम शुरु गरेका हुन् । स्वास्थ्य मन्त्रालयले पनि संगै बजेट पठाएको थियो । तर राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले गत बर्षको फागुणमै सेवा शुरु गरिसक्यो । अञ्चल अस्पतालले भने अहिले कर्मचारीको अभाब देखाउँदै सेवा शुरु गर्न सकेको छैन् ।

अहिले घोराहीमा एक जना तालिम प्राप्त बिशेषज्ञ र दुई जना स्टाफनर्सले डायोलसिस सेवा सञ्चालन गरिरहेका छन् । तर राप्ती अञ्चल अस्पताल तुलसीपुरमा दुई जना तालिम प्राप्त बिशेषज्ञ र एक जना स्टाफनर्स हुँदा पनि सेवा सञ्चालन हुन सकेको छैन् । तालिम प्राप्त बिशेषज्ञ डाक्टर मीन चन्द्र अधिकारी, सामिनी चौधरी र एक जना स्टाफनर्स रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिंहले जानकारी दिए ।

डयोलसिस सेवा सञ्चालन गर्न लागि तालिम प्राप्त डाक्टरहरुले नै चाँसो नदिँदा सेवा सञ्चालन गर्न नसकिएको बताईएको छ । अहिलेकै जनशक्तिले पनि सेवा सञ्चालन गर्न सकिने स्वास्थ्य बिज्ञहरुले वताएका छन् । बिशेषज्ञ डाक्टर मिन चन्द्र अधिकारले निजि स्वास्थ्य संस्थामा पनि काम गर्ने भएकाले डायलोसिस सञ्चालन गर्दा निजि संस्थाको जागिर प्रभाबित हुने भएपछि सेवा सञ्चालनमा आलटाल गर्ने गरेको स्रोतले बताएको छ ।

अहिले एक जना स्टाफनर्स तालिममा पठाईएको छ । ती स्टाफनर्स तालिम सकेर आएपछि मात्रै डायोलोसिस सेवा सञ्चालन हुने अस्पतालमा कार्यरत नायब शुब्बा नबेन्द्र गिरीले बताए । ‘अहिले कर्मचारीकै अभाबमा डायोलोसिस सेवा शुरु हुन सकेको छैन्’ उनले भने‘ एक जना स्टाफनर्स तालिम सकेर आएपछि सेवा शुरु हुन्छ ।’ डायोलोसिसमा काम गर्नलाई तीन महिनाको तालिम लिनु पर्ने उनले बताए । तर अहिले उनी तालिम लिन गएको एक महिना मात्रै भएका अझै दुई महिना पछि उनी तालिम सकेर आउने उनले बताए ।

अञ्चल अस्पतालमा सेवा शुरु नहुँदा यहाँका मृगौलापीडिहरु घोराह, नेपालगंज, काठमडौं जानुपर्ने बाध्यता रहको छ । समान्य प्रक्रियालाई पूरा गरी अस्पतालमा आएका बिरामीलाई हप्तामा दुईपटक निःशुल्क सेवा दिईन्छ । दाङमा डायलसिस सेवा नहुँदा मृगालाको बिरामीहरु महंगो रुपैयाँ खर्च गरेर बाहिरि जिल्लामा जानु पर्ने बाध्यता छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्