डा. गोविन्द केसीको मुद्दामा आज सुनुवाई ,झण्डै सय जना वकिलले वहस गर्ने



सैघाली खबर
काठमाडौं,२६ पुस


अदालतको अवहेलना गरेको अभियोगमा गिरफ्तार भएका डा. गोविन्द केसीको मुद्दामा आज सुनुवाई हुँदैछ । हिजो बयान सकेपछि आज बिहान १० बजे सुनुवाईका लागि बोलाइएको छ । हिजो नै सुनुवाई हुने कार्यतालिका थियो । तर बयान लिँदालिँदै समय सकिएपछि आज सुनुवाई हुने भएको हो ।

बयानको क्रममा डाक्टर केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताउनुभएको थियो । अदालतको अपहेलना अभियोगमा गिरफ्तार हुनुभएका डाक्टर गोबिन्द केसीको पक्षमा झण्डै सयजना वकिलले वहस गर्न वकालतनामा गराएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठीलगायत झण्डै सयजना वकिलले उहाँको पक्षमा बहस गर्ने भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्