खोप लगायतका बिषयमा बिशेष चर्चा गर्दै भेटभाट बिस्तार गरे, मन्त्रि ज्ञवाली



माघ २, काठमाडौँ  । भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई समकक्षीविच भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोप सहयोगका विषयमा केन्द्रित भएर छलफल भएको छ । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गला पनि सहभागी थिए ।

ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्