निर्वाचन राष्ट्रियसभाको निर्वाचनका लागि कति राजनीतिक दल दर्ता ?



सैघाली खबर
काठमाडौं,२६ पुस

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि १० राजनीतिक दल दर्ता भएका छन् । आगामी माघ २४ गते हुन लागेको निर्वाचनका लागि हिजोसम्म १० राजनीतिक दल दर्ता भएका हुन् ।

आगमी २८ गते सम्म दलदर्ताको समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सीआइएनसँग बताउनुभयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहित मधेसवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् । एक÷दुई दिनभित्रै राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्