तुलसीपुरमा चोर समातियो सिसी क्यामेरा फुटेजबाट



माघ २। तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ वरुवागाउँको एक पुस्तक पसलमा बिहिवार राती चोरी भएको घटना बारे सिसि क्यामेराको फुटेजबाट पत्ता लागेको छ ।शुक्रवार बिहान पसल खोल्न आएका पसलमा सञ्चालकले पसलबाट सामान चोरिएको थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले पसलमा राखेको सिसि क्यामेराबाट चोरको बारेमा अनुसन्धान गदै जादा पसलका सामानहरु अरनीको मैदानको एक कुनामा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

पसलको सिसि क्यामेरा र तुलसीपुर उपमहानगरपालिकाले बजारमा राखेको सिसि क्यामेराको फुटेजबाट घटनामा पत्ता लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटना भएको केही घण्टामै प्रहरीले चोर र चोरी गरेर राखेको सामान पत्ता लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिववहादुर सिंहले जानकारी दिए । तुलसीपुरलाई सुरक्षित नगरका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले नगरका विभिन्न ठाउँमा २० वटा क्यामेरा जडान गरेको छ ।

उपमहानगरपालिका भित्र १ सय सिसि क्यामेरा जडान गर्ने गरी काम अगाडी वढेको नगरप्रमुख घनश्याम पाण्डेले भने ।
‘अब अपराध रोक्ने र पत्ता लगाउने भनेको सिसी क्यामेराले नै हो त्यसकारण हामीले सिसी क्यामेरा जडानलाई महत्व दिएका हौ’ नगरप्रमुख पाण्डेले भने ।उनका अनुसार तुलसीपुर उद्योग वाणिज्य संघ, बैक तथा वित्तिय संस्था लगायतकासँग सहकार्य गर्ने गरी उपमहानगरपालिकाले थप सिसी क्यामेरा जडानको कामलाई अगाडी वढाएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्