Banner Second

कपिलवस्तुमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली

By Thah Online

January 15, 2021

धनी राम काेरी विजयनगर,  कपिलवस्तु  ,२ माघ कपिलवस्तु जिल्ला काे विजयनगर गाउपालिका वडा नं ३ पत्थरदेईया मा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली गरिएको छ ।

किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली कार्यक्रममा दाइजो हाेइन शिक्षा देउ , बाल बिबाह जीवन तबाह र छाेराछाेरी बीच भेदभाव नगरा‌ै जस्तो नाराहरु लेखेको प्याले कार्ड लिएर किशोरकिशोरीहरुे र्‍याली कार्यक्रम गरेका छन् ।

“अब मेराे पालाे” परियोजना अन्तरगत संचालित सृजनशील किशोरी समूह काे द्वारा अयाेजना र दलित सामाजिक विकास केन्द्र, केेयर नेपाल काे सहयोग मा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली कार्यक्रम सम्पन्न गरिएको छ ।

किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली कार्यक्रममा सृजनशील किशोरी समूह कि अध्यक्ष सलानी अधिकारी , विजयनगर गाउपालिकम वडा न ं ३ का वडा अध्यक्ष बुद्धि नाथ अर्याल , विजयनरग गाउपालिका कार्यसमिति सदस्य महाेमद मुर्तजा , अनराउल्ला खान र किशोरकिशोरीहरु काे उपस्थिति रहेको सामाजिक परिचालक परशुराम निगम ले जानकारी दिनु भयो ।