मुख्य समाचार

सरकारले बाटो खोलेपनि राजपा तत्काल चुनावमा जान नसक्ने ।।

By थाहा अनलाइन

June 09, 2017

जेठ,२६

स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित भएपनि केही माग पुरा नभएसम्म राष्ट्रिय जनता पार्टी चुनावमा नजाने भएको छ । यो विध्येयक पारित भएपनि राष्ट्रिय जनता पार्टीले भने चुनाबमा नजाने र थप छलफल आवश्यक रहेको स्पष्ट पारेको छ । राजपा नेतृत्वको गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । दोस्रो चरणको घोषित आन्दोलन सकिए लगत्तै संघीय गठबन्धनले भोली र पर्सी तराई मधेशका गाउँ, नगर, उपमहानगर र महानगरका वडामा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । बन्दहड्तालका कार्यक्रम फिर्ता लिदै गठबन्धनले आजसम्मका लागि आन्दोलनका सामान्य कार्यक्रम ल्याएको थियो । राजपा नेता राजकिशोर यादवले सीआईएनसँग कुराकानी गर्दै सरकारले झुक्याउने प्रयास गरेको बताउनुभयो । आज बैठक बसेर थप छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।