मनाङ्गेले दिए साथ बलियो भयो बामदेवको पक्ष



काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमको पार्टी एकता अभियानमा गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ मनाङे पनि जोडिएका छन् । संसद विघटनपछि नेकपा देखिएको विभाजन रोक्न गौतमले सुरु गरेको अभियानमा मनाङेले साथ दिने भएका हुन् ।

गौतमले आफूलाई एकता अभियानको केन्द्रीय सदस्यमा राखेको उनले जनाए । गएको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रदेश सांसदमा निर्वाचित भएका उनी केही समयअघि नेकपा प्रवेश गरेका थिए । नेकपा केपी आली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहमा विभाजित भएपछि उनी गौतमको अभियानतिर लागेको देखिन्छ ।

एकता अभियानका नाममा वामदेव समूहले जिल्लामा १७ वटा कमिटी बनाइसकेका छन् । केन्द्रमा ४ सय ५१ सदस्यीय केन्द्रीय कमिटी र १ सय १ को कार्यसम्पादन कमिटी पनि बनिसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्