साहित्य/कला

कविता: “धेर नपढेर के भो त हाम्रा बाले”

By Thah Online

January 16, 2021

राज कुमार कार्की

नपढे बाले पहिले आइ ए बि ए। केवल मात्र बस्दै छन् त खाइए पिए ।। केवल मात्रै पढे भन्छ्न कलास दस। आखिर उखान तुक्का आकैछ त बस ।। भाषणमा कत्तिले जहिले गर्छन् फेरि गाली । उखान तुक्कामा पाकै छन् त बाले ताली ।। आखिर किन गर्छन् बालाई सबले गाली। बाले छाड्दैनन् त्यसै जस्तो छ है यसपालि ।। सरस्वतीले दिन्छन् भन्छन् सधै ज्ञान। लक्ष्मीले दिन्छन् भन्छन् सधै धन ।। भन्छन् जस्को भैँसी उसैको हुन्छ रे बन। बुझ्न् सकेन कसैले पनि बा आमाको मन ।। जङ्गलमा तपस्या गर्दा नि भएन रे कोही ज्ञानी। प्रमाणपत्र नभएर के भो त उखान तुक्काको छ खानी ।। कला र गला दुबै छ्दै छ त बाको राम्रो । आखिर ताली पाकै छन् त बाले तपाई हाम्रो ।। सर्प राख्ने पिँजडा बनाउदै छन् रे बाले! राम्रै हुन्थ्यो दुई चार सर्प पिँजडामा हाले ।।

आखिर धेरै नपढेर के भो त हाम्रा बाले। सर्प भ्यागुता बिच्छी सडकमा लगेर फाले ।।

आखिर नभएर के भो त बाको कपाल ठाडो । जङ्गली जनावर पाल्दा बालाई भो रे धेरै घाँडो ।। भन्सार देखि संसार सबै छ हाम्रा बाको रेलमा। कुन दिन बाले हाल्छ्न सबलाई तातो- तातो तेलमा ।। दु:ख दिदैछ्न रे बालाई स्वदेशी बिदेशी मिलेर। कुन दिन बनाउछ्न बाले खसीको सुकुटी छाला छिलेर ।। बालुवामा छन् भनेर हाम्रा बालाई सबले हेपे। त्यसैले बाले बिना टेण्डर तार जालीले छेके ।। खोला बलियो कि तार जाली हेर्नै छ बाँकी। हेरौ अब कस्को होला यो महिनामा झाँकी ।। हाम्रा बालाई नि त्यसै नछाड्ने भन्छन् सब। रोनाल्डो र मेसि नभए नि एक्लै बाले गोल गर्ने रे अब !! हेरौ अब किपरले गोल छेक्छ कि छेक्दैन। भन्छन् हाम्रा बा अब त किपरले नि छेक्न सक्दैन ।।

सबले भन्छन् हाम्रा बाले खेले है रफ। हेर्न बाँकी छ हजुर साच्चै हो कि गफ ।। लेखे हजुर मैले यो एक काल्पनिक काव्य। लाइक कमेन्ट गर्नु होला हजुर भएर सभ्य ।। माफ पाउ हजुर कसैको जीवनमा खाए मेल। संयोग मात्र मान्नु है नमान्नु हजुर अब झेल ।।

धन्यवाद ।