प्रदेश १

विवाह गर्दै प्रदेश१का मुख्यमन्त्री शेरधन राई

By Thah Online

January 16, 2021

माघ३,काठमाण्डौ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिने भएका छन्।उनको यही माघ महिनामा विवाह हुन लागेको उनको सचिवालयले जनाएको छ।

उनको कोसँग विवाह हुँदैछ र कहिले हुँदैछ भन्नेबारे सचिवालयले खुलाएको छैन।‘उहाँको यही महिनामा विवाह हुँदैछ। अहिलेलाई यति नै भनौं’, प्रमुख स्वकीय सचिव नवराज राईले भने, ‘भोलि यसबारे थप भनौंला।’