मिचिएको भूमिमा सडक उत्घाटन गरेका रक्षामन्त्री संग भेट , ज्ञवाली पछि हट्नुको कारण के होला?



माघ ३ , काठमाडौं । नेपालको सिमा विवाद बारे अझै बहस हुन सकेको छैन । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार बिहान भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
नेपालले आफ्नो भूभागका रुपमा दावी गर्दै आएको धार्चुला–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको सडक भारतका रक्षामन्त्री सिंहले गत वैशाखमा उद्घाटन गरेपछि दुई देशबीच सीमा विवाद थप जटिल मोडमा पुगेको थियो ।

शनिबार भएको भेटमा मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री सिंहसँग सीमा विवादबारे चर्चा नगरेको स्रोत बताउँछ ।
भारतीय रक्षामन्त्री सिंहले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता लगत्तै केही तस्वीरसहित ट्वीट गरेका छन् । भेटवार्ताका तस्वीरसहित उनले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग अद्भूत भेटवार्ता भएको जनाएका छन् ।

उनले दुई देशबीचको सम्बन्धलाई ब्याख्या गर्दै नेपाल–भारत सम्बन्ध दुई सरकारबीचमात्र सीमित नरहेर दुई देशका जनताबाट सञ्चालित रहेको जिकिरसमेत गरेका छन् । तर सीमा विवादको प्रसंगलाई उनले कतै उल्लेख गरेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अघि सार्वजनिक रुपमै ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाली भूभाग नै हो’ भन्दै ती भूभाग फिर्ता ल्याउन पहल हुने जानकारी दिएका थिए । तर परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा सीमा विवादका बारे छलफल नै नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्