एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक चल्दै



सैघाली खबर,काठमाडौं, पुस २६ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चलिरहेको बैठकमा शीर्ष नेताले कार्यदललाई काम अगाडि बढाउन आवश्यक निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको पूर्णता, राष्ट्रियसभाको चुनाव र प्रदेश सरकार गठनका लागि गठित कार्यदलको बैठकमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता सुवास नेम्वाङ, ईश्वर पोखरेल र शंकर पोखरेलसँगै माओवादी नेता वर्षामान पुन र रामबहादुर थापा ‘बादल’ सहभागी हुनुहुन्छ । बैठकमा कार्यदलका सदस्यद्वय मातृका यादव र सुरेन्द्र पाण्डे उपत्यका बाहिर रहेकाले बैठकमा उपस्थित हुनुभएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्