मुख्यमन्त्री शेरधन राईले २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्दै



प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्।

५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन आउँदा १९ वर्ष हाराहारीकी थिइन्। ‘प्रतियोगितामा भाग लिन आउँदा ज्याङ्मु शेर्पा करिब १९ वर्षकी थिइन्’, आयोजक सिजन मिडियाका प्रमुख प्रदीपराज वन्तले भने, ‘अहिले त्यहीँ २२-२३ वर्षभन्दा बढी भएकी छैनन्।’

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्