Madhav Kumar Nepal photo:Kiran Panday

मुख्य समाचार

प्रचण्ड इमान्दार नेता हो, उहाँ जस्तो कोही छैन: पूर्वप्रधानमन्त्री नेपाल

By Thah Online

January 16, 2021

माघ३,दाङ। नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताउनुभएको छ । आज दाङको तुलसीपुरमा कार्यक्रता भेलालाई सम्बोधन गर्न आउनु भएका नेपालले घोराहीमा पत्रकार सम्मेलनमा कुरा गर्दै सो कुरा बताउनुभएको हो ।

प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको बताउँदै उहाँले भन्नुभयो ‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् ।’यस्तै उहाँले केपी ओलीले संविधानविपरीत कार्य गरेको आरोप लगाउँदै संसद विघटनको चारैतिर विरोध भएपछि ओली सबैतिरबाट एक्लिदै गएको बताउनुभयो। साथै उहाँले अब विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको दाबी गर्नुभयो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु दाङ आउनुभएको हो।