माघ ३,काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका हुन् ।
‘यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो’, ओलीले योगेश भट्टराई प्रचण्ड–नेपाल समूहमा गएकोप्रति गुनासो गर्दै भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’ ओलीले योगेशमाथि गरेको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।