कपिलवस्तु काे महाराजगन्ज मा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न



धनी राम काेरी
कपिलवस्तु , ३ माघ / महाराजगन्ज
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं १ पिपरी मा स्लाे साइकल रेस प्रतियोगिता भएको छ ।

स्लाे साइकल रेस प्रतियोगिता मा किशोर किशोरीहरु काे दुईवटा समूह बनाएर कार्यक्रम गरिएको छ । किशोर किशोरी हरु काे छुट्टाछुट्टै समूह बनाएर स्लाे साइकल रेस प्रतियोगिता गरिएको छ

स्लो साइकल रेस प्रतियोगिता मा किशोरी हरु मध्ये प्रथम सृजना खटिक , दाेस्राे सराजुन निसा , तेस्रो सिमा यादव , चा‌‌‌ैथाे मधुरी काेरी र किशोरहरु मध्ये प्रथम शैलेन्दर चाैधरी , दाेस्राे मुरतीज हुसेन , तेस्रो भाेला मा‌ैर्यर चाैथाे गंगेश कुर्मी प्राप्त गर्न सफल भएका छन् ।

स्लो साइकल रेस प्रतियोगिता मा २४ जना मध्ये किशोरी ११ जना र किशोर १३ सहभागी भएका थिए जसमा सबै जनालाई पुरस्कार वितरण गरिएको थियो ।

“अब मेराे पालाे” परियोजना अन्तरगत संचालित प्रगति किशोरी समूह काे द्वारा अयाेजना र दलित सामाजिक विकास केन्द्र, केेयर नेपाल काे सहयोग मा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ ।

स्लाे साइकल रेस प्रतियोगिता मा प्रगति किशोरी समूह कि अध्यक्ष सुक्लावती काेरी , काेषाध्यक्षा रिता तेली , शिक्षक अक्वाल हुसेन धुनिया , अ. हे . बा. कमलेश कुमार केवट , समाजसेवी जगलाल काेरी , सामाजिक परिचालक परशुराम निगम र किशोरकिशोरीहरु काे उपस्थिति रहेको सामाजिक परिचालक कस्तुरी अग्रहरी ले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्