Banner Third

अनवर अलि शाह अध्यक्ष केयर फाउन्डेशनको कार्य समिति चयन

By Thah Online

January 16, 2021

माघ ३ , काठमाडौँ  । केयर फाउन्डेशन को नयाँ कार्यकारिणी सभा सम्पन्न भएको छ। केयर फाउन्डेशन को नयाँ कार्यकारिणी सभा कार्यालयको सभाहलमा आज सुसम्पन्न भएको हो।

नेपाल औषधि लिमिटेड का महा प्रबन्धक श्री सफिउल्लाह को प्रमुख आथित्यमा कार्यक्रमको शुभारम्भ गरियो । फाउन्डेशन का नयाँ अध्यक्ष अनवर अलि शाहले उपस्तिथ पद अधिकारीहरु बोर्ड सदस्यहरु लाई स्वागत गरि नेपाल औषधि लिमिटेड का प्रबन्धक मा नियुक्त भए श्री सफिउल्लाह लाई मुबरक्बाद दिंदै शुभकामना व्यक्त गर्नु भयो। संस्थाका उपाद्यक्ष सेराज अहमद फारुकी ले सबै को परिचय गराउनु का साथै संस्थाको उद्देश्य मद्दे नज़र राखी अगाडी बढ्ने आह्वान गर्नु भयो।

सभा मा अत्यन्त मह्त्तोपूर्ण सुझाव हरु समेटेर कार्यहरु लाई सबैले परगति दिनेमा जोड दिए. तथा यस अवसर मा सबै पद अधिकारी हरु र सदस्यहरु लाई अभिनन्दन ट्रोफी र परमाण पत्र हस्तान्तरण गरिए । नयाँ कार्यसमिति यस प्रकार छन्: अनवर अलि शाह अध्यक्ष , डा. मुखतार आलम अन्सारी उपाध्यक्ष, सेराज अहमद फारुकी उपाध्यक्ष, सलामुदीन मियाँ उपाध्यक्ष, अब्दुस सबूर नद्वी महासचिव, नुर मोहम्मद मिया सचिव , रेश्मा बानो शाह कोषाध्यक्ष, सैयद नसिम शाह सदस्य, अब्दुल मोबिं खान सदस्य। अन्त्यमा संस्थाका महासचिव अब्दुस सबूरले उपस्थित सम्पूर्ण प्रति आभार प्रकट गरि धन्यवाद दिंदै समापन गरियो ।