नवलपरासी केरा उत्पादक संघमा पुनः यादव



नवलपरासी केरा उत्पादक संघको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यता र नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभामा बोल्दै अध्यक्ष पाण्डेले कृषकका समस्या समाधान गर्न गाउँपालिका अग्रसर रहेको बताउनुभएको छ । किसानका लागि आवश्यक केरा बिमाका लागि पन्ध्र लाख बजेट विनियोज सुस्ता गाउँपालिकाले गरेको समेत जानकारी दिए । त्यस्तै सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा दुई करोड बजेट बराबरको पाच हजार मेट्रीक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणकार्य भइरहेको तथा एक बर्ष भित्र सुचारू हुने बताएका थिए । कार्यक्रमा नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सुस्ता र प्रतापपुर गाउँपालिकामा तीन हजार भन्दा बढि घरपरिवार किसानहरुले केराखेती गरिरहेको बताउनुभयो । अध्यक्ष यादवले किसानहरुलाई सरकारले समयमा खाद्य माल बिउविजन उपलब्ध गराउन नसक्दा झन मकार्ममा परिरहेको बताए ।

कोषाध्यक्ष हरि गोविन्द कोईरीले संस्थाको आय ब्याय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा उत्कृष्ट केरा किसान, केरा ब्यबसायी संगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

साधारणसभामा पिएम परियोजनाका रामप्रसाद पाण्डे,प्रतापपुर गापा वडा नं ८ का वडा अध्यक्ष कादिर अलि अन्सारी, सुस्ता ३ का वडा अध्यक्ष राजकुमार महत्तो, नन्दलाल गुप्ता , बेचन कोइरी लगायतका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुदामा कोइरी र कार्यक्रम संचालन हिरालाल दुषादले गरेका थिए । साधारणसभाको कार्यक्रम समापन पछि बन्द सत्रमा लख्खु प्रसाद यादव अध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् । वहाको नेतृत्वमा ११ सदस्यीय मुल कार्यसमिति निर्विरोध चयन हो । जसको वरिष्ठ उपाध्यक्षमा सुदामा कोइरी, उपाध्यक्षमा सरोज यादव , महासचिवमा मदन कोइरी , सचिव बेचन कोइरी , कोषाध्यक्ष हरि गोविन्द कोइरी, सदस्य चन्द्रकला कोइरी , धिरेन्द्र गुप्ता , संजय कोहार , मोतीलाल कोइरी र उत्रिचन्द भर रहनु भएको छ ।

त्यसैगरी हरिलाल दुषादको संयोजकत्वमा पाच सदस्यीय लेखा समिति र कादिर अलि अन्सारीको संयोजकत्वमा पाच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्