बर्छ्वा युवा कलब ले आयोजना गरेको १० औं फुटबल प्रतियोगिता सम्पन्न



सिरहा लहान, ४ माघ – सिरहाको लहान नगर पालिका २२ ले आयोजना गरेको १० औं फुटबल प्रतियोगिताको फाईन खेल सम्पन्न भएको छ । २०७७-०९-१९ गते देखि खेल संचालनमा आएको छ ।लहान २२का वडा अध्यक्ष बिन्देश्वर यादवले खेललाई उदघाटन गरेका थिए । खेलको सुरुको दिन बिष्णपुर सप्तरी भर्सेज अम्हि सिरहा बिच भएको थियो ।

फाईनल खेलको सभा अध्यक्ष अर्जुन कुमार चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा लहान २२ का अध्यक्ष बिन्देश्वर यादव रहनु भएको थियो । बिशिस्ट अतिथिमा प्रदेश २ को प्रदेश सभा सदस्य तथा लेखा प्रमुख लगन लाल चौधरी रहनु भएको थियोे ।

अतिथिहरुमा भुपु सितापुर गाबिसको अध्यक्ष देबु साह , स्थानीय समाज सेबि ईन्द्र नारायण चौधरी अचमित चौधरी ,सिरहाका थारु कल्याणकारीका भुपु अध्यक्ष चन्द्र किशोर चौधरी युवा समाज सेबि तथा बर्छ्वा कलबका प्रतिनिधि जय प्रकाश चौधरी र जेएस क्याम्पसका प्रद्ययापक तथा समाज सेबि दिलीप चौधरीले कार्यक्रमको उदघोष गरेका थिए ।

फाईनल खेल कल्याणपुर नगरपालिका कर्नियाही सिरहा भर्सेज सुरुङ्ग नगरपालिका टिकुलिया सप्तरी बीच हुने भएको छ् । निर्धारीत समयमा ० विरुद्ध टिकुलिया सप्तरीले ३ गोल गरेर बिजय हासिल गरेका थिए । बिजय घोषणा भएको समुह लाई आर्थिक २५ हजार र प्रमाणपत्र सिलमेट्ल दिई स्वागत गरेका थिए । कल्याणपुर कर्नियाही समुह लाई पनि आर्थिक र प्रमाणपत्र सहित धन्यवाद दिई स्वागत गरेका आयोजकले आनकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्