वस्तु निर्यातमा चीनले २०२० मा रेर्कड तोड्यो



चीनले सन् २०२० मा वस्तु निर्यातमा रेकर्ड राखेको छ । कोरोना भाइरसको उद्गम थलो भएर पनि चीनले यतिधेरै मात्रामा वस्तु निर्यात गरेको छ । अमेरिकासँग व्यापार युद्ध जारी रहे पनि गत वर्ष चीनले अमेरिकासँग निर्यात बढाउनुलाई अनौठोरुपमा हेरिएको छ ।

गत वर्षको डिसेम्बरमा अपेक्षा गरिए भन्दा चीनको आयात र निर्यात दुबै बढेको हालै सार्वजनिक तथ्यांकमा देखिएको छ । लकडाउन भएपछि घरबाटै काम गर्न चाहिने ल्यापटप लगायत सामान र अन्य मेडिकल सामग्रीका कारण चिनियाँ निर्यात ह्वात्तै बढेको हो ।

गत वर्ष चीनको आयात र निर्यात गरी वैदेशिक व्यापार ४६.५ खर्ब डलर पुगेको छ । यो सन् १९५० मा रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै हो । चीनको व्यापार नाफा गत वर्ष ५३५ अर्ब डलर पुगेको छ । यो सन् २०१५ यताकै बढी व्यापार नाफा हो । गत वर्षको मार्चदेखि डिसेम्बरसम्म चीनले ६७.८२ अर्ब डलरका कोरोना महामारीसम्बन्धी सामग्री बेचेको छ ।

चीनले अहिलेसम्म २२४.१ अर्ब थान मास्क, २.३१ अर्ब थान प्रोटेक्टिभ लुगा, २ लाख ७१ हजार भेन्टिलेटर र १.०८ कोरोनाभाइरस टेस्ट किट बेचेको छ । ‘यो भनेको चीनबाहिर संसारका हरेक मानिसलाई झन्डै ४० वटा मास्क दिनुजस्तै हो,’ कस्टमका एक अधिकारीले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्