मलेसियाले बढायो रोजगारी खर्च , कामदारलाई देखायो विविध कारण



माघ ४, काठमाडौँ । बैदेशिक रोजगारका लागि मलेसियाले बिदेशी कामदारको लागि तत्काल थप चुनाती देखाएको छ। मलेसियास्थित नेपाली दूतावासले कारोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले मलेसिया यात्रा गर्दा नेपालीले तिर्नुपर्ने खर्च बढेको जनाएको हो।

दूतावासले गर्ने नियमित फेसबुक लाइभमार्फत मलेसिया क्वारेन्टिन खर्च वापत लगभग ४ हजार रिंगिट करिब १ लाख २० हजार नेपाली अतिरिक्त खर्च हुने जानकारी दिएको छ । यसरी थप चुनौती हुने र कामदारलाई निक्कै समस्या उत्पन्न भएको छ।

नेपालबाट जाने व्यक्तिको क्वारेन्टिनमा प्रशासनिक खर्च, खाना खर्च, कोभिड टेष्ट लगायतको खर्च हुने गरेको छ । दूतावासले कोरोना भाइरसको बढ्दो संक्रमणले नेपालबाट नयाँ कामदार जाने तत्काल कुनै सम्भावना नदेखिएको समेत जानकारी दिएको छ ।

मलेसिया सरकारले विदेशी कामदारहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेपनि यकिन जानकारी आएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्