युवापंतीहरु परेट खेल्न तयार हुनुस, जनक्रान्ति गर्न अग्रपंतिमा छु : प्रचण्ड



४ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए ।अनेरास्ववियूलाई परेट खेल्न तथा आक्रामक शैलीमा आन्दोलन समेत आग्रह गरेका हुन्। जनक्रान्ति गर्न अग्रपंतिमा तयार छु उनले भने।

आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’

आन्दोलनको अग्रपंत्तिमा आफूसहितका नेताहरु पनि रहने समेत उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भने, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए ।

प्रतिक्रियाबादीलाइ लखेटी -लखेटी पिट्ने धोको रहेको र त्यसका निमित्त कदम उठाउन युवाहरुलाई तयार रहन भने। शाकाहारी छाड्ने कुरा अलि विचार गर्नुस भाव बदलिय शाकाहारी त्याग्नु र आन्दोलन आक्रामक बन्नेछ। विपक्षको टाउको फुटाउने र मुटु हल्लाउनै पर्ने देखियो फेरि एक पटक तयारी हुनुपर्छ उनले गर्जिदै भने। यसका निम्ति लाग्ने पर्ने भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्