भीम रावलले दिए प्रधानमन्त्री ओलीलाई ‘भगुवा’ नेताको संज्ञा



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई ‘भगुवा’को संज्ञा दिएका छन्। आफू पक्षीय विद्यार्थीको भेलामा नेता रावलले पार्टीको बैठक र संसद् दुबै ठाउँबाट प्रधानमन्त्री ओली भागेको आरोप लगाएका हुन्।

‘पार्टीको बैठकबाट र संसदबाट भाग्‍नेलाई एक नम्बरको भगुवा भनिन्छ,’ उनले भने, ‘तपाईं संविधानको कुन धाराअनुसार प्रधानमन्त्री हुनु भएको हो ? जवाफ दिनुस्।’

उनले केपी ओलीले पहिलेदेखि नै गुटको धन्दा सुरु गरेको र पार्टी एकतापछि झन फैलाएको आरोप पनि लगाए। रावलले प्रधानमन्त्री ओलीको स्वार्थ पूरा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सहयोगी भएको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्