नवलपरासीमा नेकपाबाट निर्वाचित वडा अध्यक्षले गरे सरकारी मोटरसाइकलको दुरुपयोग



४ माघ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षले सरकारी सवारीसाधनको दुरुपयोग गरेका छन ।
शनिवार (विदाको दिन ) नगरपालिकाले वडा अध्यक्षको लागि सवारी सुविधा दिएको लु १ ब १९२३ नम्बरको मोटरसाईकल दुरुपयोग भएपछि स्थानीयले एक्छिन कब्जामा लिएपछी छोडेका थिए ।

वडा अध्यक्ष राजेन्द्र यादवले आफ्ना कार्यकर्तालाई मोटरसाईकल चलाउन दिएको स्थानीयको भनाइ छ । पटक पटक सरकारी सवारी साधनको दुरुपयोग भएपछी स्थानीयले नियन्त्रणमा लिएको स्थानीय कुन्दन बानीयाले बताए । पटक पटक वडा अध्यक्षले सरकारी साधनको दुरुपयोग गरेकाले केही बेर नियन्त्रणमा लिएर सवारी छाडिएको स्थानीयले बताए ।

वडा अध्यक्ष राजेन्द्र यादवले भने आफ्नो घरमा रहेको सवारी चलाउने चालकलाई सामान लिनका लागि सुनवल चोक सम्म सवारी दिएको भन्दै अतिरन्जित गर्न खोजिएको बताए । यादव भने नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्