सैघाली खबर,
काठमाडौं २६ पुस । सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी डा। गोविन्द केसीविरुद्धको मुद्दाको बहस तीन घण्टादेखि जारी छ । ११ बजेबाट शुरु भएको इजलासमा डा। गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमा भइरहेको बहसमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको दोहोर्याएका छन् । तर, केसीको अभिव्यक्तिप्रति केही अधिवक्ताहरुले आपत्ति जनाएका थिए ।
डा। केसीविरुद्ध परेको मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेका बेला केसीले केही बोल्न खोजेपछि समय दिइदा उनले त्यस्तो बताएका हुन् ।त्यसक्रममा केसीले आफू कसैको दास नभएर सार्वभौम देशको सचेत नागरिक भएको भन्दै संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताएका थिए ।ratopati
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।