निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श : कुन पार्टीले के दिए सुझाव ?



माघ५,काठमाण्डौ।निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले राय सुझाव लिएको छ । राजनीतिक दलका प्रतिनिधिलाई आयोगमा बोलाएर मतदाता नामावली अद्यावधिक एवं मतदानस्थल र केन्द्र पुुनरालोकनका विषयमा केन्द्रित रहेर सुुझाव लिइएको हो । मुुलुकका ७५३ वटै पालिकामा यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिँदैछ । केन्द्र, प्रदेश र स्थानीय तहका राजनीतिक दलका समितिको उल्लेख्य सहयोग, समन्वय र सहभागिताका लागि आवश्यक निर्देशनको अपेक्षा राख्दै आयोगले राजनीतिक दललाई यसअघि नै पत्राचार गरिसकेको छ ।आयोगका अनुुसार माघ १५ गते कार्यक्रमको सूूचनासहित मतदाता नामावली प्रकाशन गर्ने, कुुनै नाम वा विवरण त्रुुटि भएमा सच्च्याउन १६ र १७ गते निवेदन दिने र कसैले झुुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित सोही मितिमा नै उजुुरी तथा दोहोरो नाम हटाउन निवेदन दिने कार्यक्रम तय भएको छ ।माघ १८ गते उजुुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने, माघ २० गते मतदाताले दिएको सफाइका आधारमा उक्त मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुुख नाम दर्ता अधिकारीसमक्ष सिफारिस गरिने छ ।

माघ २१ गते नाम हटाइएको वा हटाउन सिफारिस गरेको सूचना कार्यालयमा प्रकाशित गरिने आयोगको कार्यतालिकामा उल्लेख छ । मतदाता नामावली अद्यावधिक र निर्वाचनस्थल पुुनरावलोकन गर्ने सम्बन्धमा जिल्ला र स्थानीय तहमा हुने बैठक, छलफल तथा अन्तरक्रियामा अर्थपूूर्ण सहभागिताका लागि पनि आयोगले सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।

उक्त कार्यमा आमनागरिकको व्यापक सहभागिताको सुनिश्चित गर्न र जागरुक तुुल्याउन आवश्यक रहेको बताउँदै आयोगले त्यसका लागि दलहरुबाट सहयोग र सहजीकरण हुने अपेक्षा राखेको छ । आयोगले जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई माघ १७ गतेभित्र मतदान र केन्द्रसम्बन्धी सिफारिस गरी आयोगमा पठाउन यसअघि नै निर्देशन दिइएको छ ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूह, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टीलगायत ११ राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

आगामी वैशाख १७ गते र २७ गते दुई चरणमा प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने गरी यसअघि नै निर्वाचन हुने घोषणा भइसकेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले निर्वाचन व्यवस्थापनमा पालना गर्नुपर्ने न्यूूनतम मापदण्ड र प्रारम्भिक तयारीबारे जानकारी दिए । उनले भने, “अद्यावधिक र पुुनरावलोकन गर्न प्रचारप्रसारका लागि सबै साधन र स्रोत त्यही नै पठाउँछौं । समयको व्यवस्थापनलाई पुनरावलोकन हुनेछ, मतदाता नामावलीमा नहुुनु पर्ने व्यक्ति रहनुुभएन, दोहोरो हुनु भएन, विश्वास छ, दलका प्रतिनिधिले सोही अनुुसारको सहयोग पुु¥याउनु हुनेछ ।”

छलफलमा हाल घोषणा भएको निर्वाचनको आवश्यकता र औचित्यबारे दलगत धारणा राख्दै राजनीतिक दलका प्रतिनिधिले राज्यका सबै संयन्त्र निर्वाचनमा केन्द्रित भएकाले जनादेशमा जाने कुुरालाई अस्वीकर गर्न नहुुने धारणा राखेका थिए ।

नेकपा दाहाल–नेपाल समूूहको नेकपाका प्रतिनिधि राजेन्द्रप्रसाद पाण्डेले नामावली अद्यावधिक र निर्वाचनस्थल र केन्द्रबारे दलका तर्फबाट एकदुुई दिनभित्रै लिखित सुुझाव प्रस्तुुत गर्ने बताए ।

नेपाली काँग्रेसका आनन्दप्रसाद ढुुङ्गानाले दलको आधिकारिक उम्मेदवारकै नाम मतदाता सूूचीमा नरहने तथा एकघरका व्यक्तिका फरक–फरक निर्वाचन केन्द्रमा नामावली हुुने विगतको त्रुुटि सच्च्याउन सुझाव दिए ।

नेकपाका बाबुुराम दाहालले निर्वाचन तोकिएर उपयुुक्त वातावरण बनिसकेकाले स्वस्फूूर्तरुपमा कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए । उनले मतदाता अद्यावधिकका लागि समय बढाउन र त्यसका लागि व्यापक प्रचारप्रसारको आवश्यकता औँल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुशील श्रेष्ठले प्रमुख राजनीतिक दलको प्रभाव र पहुुँचका आधारमा निर्वाचन केन्द्र तोक्ने कार्य अन्त्य हुुन आवश्यक रहेको र विदेशमा रहेका नेपाली नागरिकको मतदान गर्ने अधिकार सुुनिश्चित गर्न सुझाव दिइन् ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले ‘राजनीतिक दलभीडमा चल्ने नभई विचार र सिद्धान्तमा आधारित हुनुपर्ने भएकाले हाल कायम रहेको मत सीमाका आधारमा राष्ट्रिय दलको मान्यता पाउने विषयलाई संशोधन जरुरी छ’ भने।

विवेकशील साझा पार्टी, नेपाली जनता दल, जनता दल नेपाललगायत दलका प्रतिनिधिले ठूूला राजनीतिक दलका उम्मेदवारले निर्वाचन आचारसंहिता बेवास्ता गर्ने विगतका प्रवृत्तिलाई दोहरिन नदिने तथा मतदातामैत्री हुुने मतदानस्थल र केन्द्रको व्यवस्थापन गर्न सुुझाव दिए । उनीहरुले निर्वाचन शिक्षामा विशेष जोड दिन पनि आयोगलाई सुझाव दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्