नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन, सेवा प्रवेश गरेको १६ वर्षमा हुने



माघ५,काठमाण्डौ।नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपट संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको हो ।
नयाँ नियमावलीअनुसार, ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाइएको उल्लेख छ ।
नेपाली सेनाका सिपाहीको पेन्सन अवधि बीचमा १६ वर्ष भए पनि पछि संशोधन गरेर २० वर्ष बनाइएको थियो । पेन्सन अवधि बढाइएपछि लामो समयदेखि सिपाहीहरूले गुनासो गर्दै आएका थिए । नियमावली संशोधनसँगै तल्लो तहमा जागिर खाने सेनालाई राहत मिलेको छ ।
सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ । नियमावलीअनुसार, अब सेहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्