Banner First

खाडी देशमा जाने संख्या न्यून बन्दै

By Thah Online

January 18, 2021

माघ ५, काठमाडौं । खाडी देशमा जाने संख्या न्यून बन्दै आएको छ। खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८ सय २८ जना स्वदेश फर्किसकेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रमस्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी छ ।

साउनदेखि पुस मसान्तसम्म विभागबाट संस्थागत र व्यक्तिगत रुपमा नयाँ श्रमस्वीकृति लिनेको संख्या १३ हजार १ स्य ९३ जना छ । करार अवधि नवीकरण गरेर जानेको संख्या भने ३४ हजार ५ सय ६७ जना छ । जसमध्ये झण्डै ९५ प्रतिशतको गन्तव्य खाडी नै बनेको छ ।

चैत पहिलो सातादेखि रोजगारीमा जान रोकिएपछि हामीले बिदामा आएर फर्कन चाहने श्रमिकका लागि साउनदेखि पुनः श्रमस्वीकृति भएकाे थियाे। संस्थागतबाट पठाउने काम भने भदौमा मात्रै सुरु भयो भएकाे हाे। भदौदेखि पुस मसान्तसम्मको रेकर्ड हेर्दा हरेक महिना विस्तारै रोजगारीमा जाने क्रम बढ्न थालेको छ ।