बिदेशी श्रमिकलाई लक्षित गर्दै संसोधन सहित साउदीअरेबियाले ल्यायो कडा नियम



काठमाडौँ ।साउदी अरेबियाले श्रम कानुन संसोधनको प्रकृया थालेकाे छ।  नेपाली श्रमिकको रोजगार गन्तव्य मानिएको साउदी अरेबियाले श्रम कानुन संसोधनको प्रकृया सारेकाे हाे । विदेशी श्रमिकहरुको व्यवस्थापनका लागि श्रम कानुन संशोधन गर्दै नयाँ योजना थालेको हो ।

प्रस्तावित संशोधन अनुसार साउदीमा सरकारी अनुमति विना कुनै श्रमिकलाई रोजगारीमा लगाउने काम गरेमा जरिवानाको व्यवस्था गर्न लागिएको छ । जसअनुसार त्यस्तो काम गर्नेलाई दुई लाख देखि पाँचलाखसम्म आर्थिक जरिवाना हुने बताइएको छ ।

संशोधनमा विदेशी श्रमिकको भर्ना प्रकृयामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ | विदेशी श्रमिक लिने रोजगारदाताले श्रम ईजाजत तथा त्यसको नविकरण, दुई बर्षको श्रम सम्झौता अवधि सकेर स्वदेश फर्किने टिकट लगायतको जिम्मेवारी लिनुपर्ने व्यवस्था छ।

तर साउदी छोडेर बाहिरिने तथा पुनः साउदी अरेविया प्रवेश गर्ने भिषा वापतको रकम भनें श्रमिकले नै व्यहोर्नु पर्ने व्यवस्था छ । हालसम्म सो रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। स्थानीय संचारमाध्यमहरुका अनुसार साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले संशोधित कानुन तयार पारेको हो।

कुनै पनि श्रमिकलाई उसको वर्ण, रंग, लिङ्ग, उमेर, अपाङगता, वैवाहिक स्थिति वा अन्य कुनै पनि आधारमा भेदभाव गर्न नपाइने र गरिएमा त्यो दण्डनिय हुने संशोधनमा उल्लेख गरिएको छ । कुनै पनि श्रमिकको तलव, सुविधा पुरै वा आँशिक रुपमा रोक्न नपाइने र त्यसो गरिएमा त्यो बाध्यकारी श्रममा लगाएको रुपमा कारबाही हुने बताइएको छ ।साउदीले यसअघिनै विदेशी श्रमिकलाई एउटै रोजगारदातासँग श्रम सम्झौता अवधिभर काम गर्नैपर्ने तथा साउदी छोड्न समेत रोजगारदाताको अनुमति आवश्यक पर्ने कफाला प्रणाली निकट भविष्यमा अन्त्य गर्ने घोषणा गरिसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्