माबि दुधरासले महायज्ञ संचालन गर्ने




सैघाली खबर
दाङ २६ पुस । प्राविधीक शिक्षा संचालन गर्नका लागि माबि दुधरासले महायज्ञ संचालन गर्ने भएको छ । माघ १८ देखी २४ गते सम्म महायज्ञ संचालन गर्ने विद्यालयले जनाएको छ । विद्यालयले बुधबार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं महायज्ञ आयोजक मुल समितिका संयोजक देवराज विश्वकर्माले विद्यालयमा ईन्जिनिएरिङमा डिप्लोमा तहको पढाई संचालन गर्नका लागि महायज्ञ संचालन गर्ने थालेको जानकारी दिनुभयो । त्यस अबसरमा बोल्दै विश्वकर्माले प्राविधीक शिक्षा संचालन गर्नका लागि ५ करोड आबश्यक पर्ने वताउँदै त्यसका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो । महायज्ञमा पंन्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने कार्यक्रम भएको समेत उहाँले जानकारी दिनुभयो ।

महायज्ञमा तुलादान, धान्याचंल,महायज्ञ,व्रतबन्ध नगद दान लगाएतका विभिन्न कार्यक्रमहरु समेत भएको उहाँले जानकारी दिनुभयो भैतिक पूर्वधार निर्माण संगै प्राविधिक शिक्षा संचालनका लागि आफुहरु लागेको वताउनुभयो । प्रत्येक दिन साझ ७ बजेदेखी १० बजे सम्म कथा वाचक दीनबन्धु पोखरेलले कथा बाचन गर्ने विश्वकर्माले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा तुलसीपुर उपमहानगरपालिका १८ अध्यक्ष माधव ओली , पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, लगाएतले बोल्नु भएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं महायज्ञ आयोजक मुल समितिका संयोजक देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गेहराज पौड्यालले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्