प्रदेश ५

प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आउदै

By Thah Online

January 18, 2021

माघ५,दाङ। प्रधानमन्त्री केपी शर्मा ओली माघ १२ गते दाङको देउखुरी आउनु हुने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा निर्धारित समय भन्दा झण्डै एक बर्ष अघी निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो पक्कि पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली आउन लाग्नु भएको हो । प्रधानमन्त्री आउने भएपछी तयारी व्यापक रुपमा अघी बढाईएको लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले जानकारी दिनुभयो ।

प्रधामन्त्री ओलीले दुई ओटा कार्यक्रममा भाग लिनुहुनेछ । पहिलो कार्यक्रम पुल उद्घाटन र दोस्रो कार्यक्रम पार्टीको बृहत आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । सोमबार लमहीमा प्रधानमन्त्री आउने कार्यक्रमलाई केन्द्रित गरेर तयारी बैठक राखिएको छ ।

बैठकमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय लिला गिरीले प्रधानमन्त्री आउने कार्यक्रममा ५० हजार भन्दा बढीको सहभागीता रहने र त्यसको तयारीमा जुट्न निर्देशन दिनुभयो ।‘प्रधानमन्त्रीले चालेको कदमलाई जनताको साथ छ । केपी ओलीलाई सुन्ने चाहना सबैको छ’उहाँले भन्नुभयो–‘कार्यक्रमलाई व्यवस्थीत गर्न जनपरिचालन जरुरी छ ।’

लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य रेवतीरमण शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न तयारी बैठकमा नेकपाका केन्द्रिय सदस्य बलराम अधिकारी, भुमिश्वर ढकाल, नरुलाल चौधरी, अमर बहादुर डाँगी, रामणी नेपाली, घनश्याम पाण्डे, शोभाराम बस्नेत, रामजी चौधरी(मिलन), जितेन्द्रमान नेपाली, ध्रुब आचार्य लगायत