नेपाल महिला संघ दाङको बैठक सम्पन्न



शरद रिजाल
माघ५,दाङ।नेपाल महिला संघ दाङको नियमित बैठक पार्टी कार्यालय घोराहीमा सम्पन्न भएको छ । नेपाली कांग्रेसको भातृ संगठन महिला संघले पार्टीको निर्देशन बमोजिम कामगरीरहेको जगजाहेर नै छ। नेपाली कांग्रेसको केन्द्रीय निति अनुरुप दाङ जिल्लामा महिला संघ समायोजन संपन्न भैसकेको छ।
दाङ जिल्लाका क्षेत्र र प्रदेशमा महिला संघ समायोजन भैसकेको संघले जनाएको छ। समायोजन पश्चात जिम्मेवारी पाएका पदाधिकारीको एक कार्यक्रम गरी महिला संघले स्वागत तथा सम्मान गरेको छ।
जिम्मेवारी प्राप्त गरेका अध्यक्ष एवं सदस्यहरुले मन ,बचन र कर्मले महिला संघले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता गरेका छन्।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य बालिका लम्साल, दंगीशरण गाऊँपालीका उपाध्यक्ष पिमा खड्का लगायतका वक्ताहरुले महिला हकहितका पक्षमा निरन्तर आवाज उठाउने र नेपाली कांग्रेसको संगठन सुद्रिडिकरणमा दत्तचित्त भएर लाग्ने बताएका छन्। नेपाल महिला संघ दाङकि अध्यक्ष गोमा रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल महिला संघकि केन्द्रीय सदस्य गिरिजादेबि न्यौपाने रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण संघकि सह-सचिव मञ्जु बज्राचार्यलेगर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्