टप फिचर

चिनियाँ राजदूत यान्छी फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

By Thaha - Online

January 19, 2021

नेपालमा राजनीतिक संकट गहिरिइरहेकै बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले गत शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसँग भेटवार्ता गरेकी हुन् । उनीहरूको भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले कुनै पनि सूचना बाहिर ल्याएका छैनन् । शुक्रबार भएको उक्त गोप्य भेटवार्ताबारे चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले पुष्टि गरेका छन् ।

‘उहाँहरूबीच भेटवार्ता भएको हो तर कुन विषयमा कुराकानी भएको भन्ने जानकारीमा आएको छैन,’ उनले भने । नेकपाभित्रको विवादलाई कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि चिनियाँ राजदूत होउको राष्ट्रपति भण्डारीसँग तेस्रोपटक भेटवार्ता भएको हो ।कान्तिपुर दैनिकमा खबर छ ।