कोभिडको कारण दुतावासबाट केहि समय रोकियो सेवा



माघ ६, काठामाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासमा कार्यरत केहि कर्मचारीलाई कोभिड-१९ को संक्रमण देखिएपछि दूतावासले दिंदै आएको केहि सेवा केहि समयका लागि स्थगन भएको छ ।

दूतावासमा सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केहि कर्मचारीहरुमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकोले दूतावासमा भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केहि दिनका लागि स्थगन गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको दूतावासले सूचित गरेको छ । संक्रमणमुक्त भएको सुनिश्चिता गरी स्थगित सेवाहरु याशिघ्र पुःन सुचारु गरिने भन्दै दूतावासले अत्यन्त जरुरी एवं भौतिक उपस्थिति विना लिन सकिने सेवाहरु भनें यथावत प्रदान गरिने सूचनामा जनाइएको छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्