चिकित्सकमाथि दुर्व्यवहार



६ माघ, काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्सकमाथि दुर्व्यवहार भएको छ ।

अस्पतालको कोभिड आईसीयूमा खटिएका डा. सविन भण्डारीमाथि दुर्व्यवहार भएको बताइकाे छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आफन्तले मंगलबार डा. भण्डारीमाथि लात्ती प्रहार गरेको दाहालले बताए ।

रुपन्देहीको बुटवलबाट उपचारका लागि आएका व्यक्तिको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । निमोनियाका बिरामी भएपनि अस्पतालमा भर्ना गर्ने समयमा उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर इन्फ्लुएन्जाको आशंकामा परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नमुना पठाइएको थियो । सो क्रममा पीसीआर पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा उनको मंगलबार बिहान ११ बजे मृत्यु भयो । तर मृतकका आफन्तले कोरोना नभएका बिरामीलाई कोभिड आईसीयूमा राखेकाले उनको मृत्यु भएको भन्दै डा. भण्डारीमाथि लात्ती प्रहार भएको छ । जुन दुःखद् हाे ।

दुई दिनअघि पनि अस्पतालमा डा. दीलिप बराल माथि बिरामीका आफन्तले दुर्व्यवहार भएकाे थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्