लमहीमा २१ जनाले गरे रगतदान



टेकबहादुर पुन

दाङ । लमहीमा मँगलबार २१ जनाले रक्तदान दिएका छन् ।

पतञ्जली याेग नगर समिति लमहीले आयाेजना गरेको खुल्ला रक्तदान कार्यक्रमको अबसरमा २१ जनाले रगत दान गरेका हुन ।
छैँठौ राष्ट्रिय याेग दिवसकाे अबसरमा पतञ्जली योग समिति दाङको साता ब्यापी कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको पतञ्जली योग नगर समितिका अध्यक्ष भेषराज भट्टराईले जानकारी दिए ।
‘गराैं याेग, रहाैं निराेग, याेग गराैं डटेर, काेरोना जान्छ हटेर’ भन्ने मुख्य नाराका साथ दिवस मनाइएको हाे ।

लमही नगर समितिका अध्यक्ष भेषराज भट्टराईको अध्यक्ष्यता तथा लमही नगरपालिकाकि उपप्रमुख देबका बेल्बासेकाे प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको उद्घाटन गरिएको हाे । कार्यक्रम बाेल्दै प्रमुख अतिथि बेल्बासेले रक्तदान गर्ने बानिकाे बिकाश गर्न जरुरी रहेकाे बताउँदै सानाे सहयाेगले कसैकाे ज्यान जाेगाउन सकिने भएको हुँदा रक्तदानमा लाग्न सबै लागि आग्रह गरिन । नेपाल रेडक्रस रक्तसंचार सेवा केन्द्र घाेराहीका प्रमुख दिलिप न्याैपानेकाे नेतृत्वमा रहेकाे ५ सदस्यीय चिकित्सक टाेलि खटिएका थिए ।

साताब्यापी रुपमा मनाइएको दिवसकाे बुधबार एक कार्यक्रमको आयोजना गरी दाङमा समापन गरिने आयोजकले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्