सैघाली खबर
दाङ,२७ पुस
आज पृथ्वी जयन्ती अर्थात पृथ्वी नारायण शाहको जन्मदिन सकारले सार्वजनिक विदा दिएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा दिएको गृह मन्त्रालयले सुचना प्रकाशन गरी जानकारी
दिएको छ । गत मंसिर १४ गते बसेको मन्त्रीपरिषदको बैठकले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
यसअघि २०६२ सालसम्म पुस २७ गतेको दिन सरकारले सार्वजनिक विदा दिने गरेता पनि २०६३ देखि कटौति गरेको थियो । फेरी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मदिनका दिन राष्ट्रिय विदा दिने निर्णय गरेको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।