साहित्य/कला

कविताः “दानी छौ”

By Thah Online

January 20, 2021

राज कुमार कार्की 

भारतले नेपाललाई दिने भो रे कोरोनाबिरुद्धको खोप! के साच्चै नै अनुदानमा दिने भएको नै पो हो त ?

के सधै हामी नेपालीले लिनुपर्ने जहिल्यै भिक ? सबै भन्दा बढी नलिने हामी नेपाली नै हो है ईख।।

भन्थे पुर्खाले सबैभन्दा बढी क्षमा दिने हुन नेपाली। के गर्नु हजुर हाम्रो देश हाक्नेहरु भए ठूला व्यापारी।।

हामी नेपाली पनि छौ है हजुर सबै भन्दा दानी । गाली दिन्छौ है सित्तैमा सबलाई जानीनजानी।।

के साच्चिकै नै बनेको नै हो त कोरोना विरुद्ध खोप! डब्लू एच ओ ले अब त के हावा खाएकै हो त।।

साच्चिकै धन्यवाद दिनु पर्छ है अब त भारतलाई। भन्थे “रोटी बेटी का सम्बन्ध हे हाम दोनो हे भाइ-भाइ”।।

साच्चिकै सित्तैमा दिएको भए धन्यवाद छ है मोदी भाइ। सित्तैमा चाहिदैन है कमिसन नखाइ हामी नेपाललाई।।

“आगे लकडी पिछे लकडी देखो तमासा लकडी का। आगे खसी देखा के पिछे बेच्ता हे मासु मा बकडी का”।।

के ब्राह्मण नै पो हुन कि क्या हो हाम्रा मोदी भाइ। नामै फेर्नु परो भन्छन् रे त किन हो सगरमाथालाई!

आफ्नो आङमा भैँसी हिडेको देख्दैनन् मोदी भाइ। नेपाली को जीउमा जुम्रा देख्छन् हाम्रा मोदी भाइ।।

किन सामन्तलाई पठाए हजुर मोदी जि ले पहिले। हाम्रो जमिनलाई “हामारा हे” भन्छन् किन जहिले!

हामी नेपाली त साच्चिकै अजीव छौ है मोदी भाइ। कोरोनाको विरुद्धको खोपको कमिसन चाहिदैन हामीलाई!

कोरोना विरुद्धको खोप चाहिँ सित्तैमा लिन्छौ। दानी छौ हामी नेपाली यसको कमिसन फिर्ता दिन्छौ!

धन्यवाद ।