कोभिशिल्ड खोप भारतबाट भाेली आउंदै



७ माघ, काठमाडौं । भारतले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आजबाट कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउँदैछ । महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसेल्सलाई आजबाट अनुदानमा खोप दिने भएको हो ।

नेपालले प्राप्त गर्ने खोपको परिमाण आज दिउँसो हुने पत्रकार सम्मेलनमा सार्वजनिक हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले दिउँसो दुई बजे संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड र एस्ट्राजेनेकाको कोभिशिल्ड खोप नेपालले पाउने भएको हो । खोपको पहिलो मात्रा बिहीबार नै काठमाडौ आइपुग्ने भएको छ ।

नेपालले झण्डै ६० लाख मानिसहरूका लागि कोभिशिल्ड खोप भारतबाट किन्ने प्रक्रिया अघि बढाएको छ । भारत सरकारसँग नेपालले तीन प्रतिशत जनसंख्यालाई पुग्ने खोप माग गरेको छ ।

नेपालले फ्रन्टलाइनमा काम गर्ने र ७० वर्ष माथिका १२ लाख जनसंख्यालाई पुग्ने खोप मागेको हो । पहिलो चरणमा आउने खोप कोरोना विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्स, नर्स तथा अन्य स्वास्थ्यकर्मी लगायत सुरक्षाकर्मीहरुलाई दिइने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्