राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको आकस्मिक बैठक सम्पन्न



शरद रिजाल
माघ७,दाङ।राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति दाङको आकस्मिक बैठक सम्पन्न भएको छ । राप्रपाको संगठन निर्माणमा लाग्ने र जिल्लाका १०वटै स्थानीय तहमा राप्रपाको सदस्यता वितरण कार्य लाई तिव्ररूपमा अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।
सरकारले चुनावको मिति घोषणा गरेसंगै निर्वाचनको तयारीमा लाग्न कार्यकर्ता लाई बैठकमा निर्णय गरीएको राप्रपा दाङ जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतले जानकारी दिनुभयो।
आकस्मिक बैठकमा राप्रपाका केन्द्रीय सदस्य तेजबहादुर बस्नेत, दामोदर भण्डारी, बंशी कुमार शर्मा र नरेश जंग राणाले आफ्नो भनाई राख्नुभएको थियो। सोही कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश सदस्य किशोरकुमार न्यौपाने र लझ्मण क्षेत्रीले राप्रपाको निति अनुरुप चल्नुपर्ने कुरामा जोड दिनुभयो।
राप्रपा दाङ जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राप्रपा दाङ जिल्ला बरीष्ठ उपाध्यक्ष भुपाल रावतले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव श्रीमणी न्यौपाने ले गर्नुभएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्