नेप्से दोहोरो अंकले लाग्याे उकालो, ६ अर्ब बढी रुपैयाँ बराबरको सेयर कारोबार



काठमाडौँ। कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्स्चेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा पुगेको छ । आज कारोबारमा आएका कम्पनीहरु मध्य १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनकिो शेयर मुल्य घटेको छ ।

त्यस्तै, आज नेप्सेमा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६१ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज महिला सहयात्रा माइक्राफाइनान्स, बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्सलगायत कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

यो दिनको कारोबारमा १२ ओटा समूहमध्ये पाँच ओटा समूहको परिसूचक घटेको छ भने ७ समूहको परिसूचक बढेको छ । बुधवारको बजारमा होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव १२ प्रतिशत घटेको छ भने जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६७ प्रतिशत बढेको छ ।

यो दिन बैंकिङकको परिसूचक शून्य दशमलव १४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३ प्रीतशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ५ प्रतिशत र अन्य समूहको शून्य दशमलव ६४ प्रतिशत घटेको छ ।

यस दिन वित्त समूहको ४ दशमलव २६ प्रतिशत, जलविद्युुतको ३ दशमलव शून्य ५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ७३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, म्यचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको हो ।

बुधवार १५ ओटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन बेष्ट फाइनान्सको ९ दशमलव ९४ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ८८ प्रतिशत, सप्तकोशी डेभलमेण्ट बैंकको ९ दशमलव ८८ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८७ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ७६ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७५ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ७५ प्रतिशत, कर्णाली डेभलपमेण्ट बैंक ९ दशमलव ७४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

यसैगरी श्री इन्भेष्टमेण्ट फाइनान्सको ९ दशमलव ७२ प्रतिशत, रिलायन्स फाइनान्सको ९ दशमलव ६० प्रतिशत, सेञ्ट्रल फाइनान्सको ९ दशमलव ५५ प्रतिशत, सिन्धु विकास बैंक ९ दशमलव ४७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव शून्य ९ प्रतिशत र महिला सहयात्रा माइक्रोफाइनान्सको ९ दशमलव शून्य ५ प्रतिशतले शेयरमूल्य बढेको छ । यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ३ दशमलव ९५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिशेयर रू १२९ ले घटेर अन्तिम मूल्य रू ३ हजार १३६ कायम भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्