eQmk'/, ( kmfu'g M g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks Pj+ dWok'/lyldsf afl;Gbf gf/fo0fljnf; hf]zLsf] :d[ltdf dWok'/lylddf lgdf{0f x'g nfu]sf] gf/fo0fljnf; hf]zL :d[ltdf k|lti7fgsf] z'qmaf/ ePsf] ejg lznfGof; sfo{qmddf af]Nb} g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf cWoIf k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:j/ M /d]z lu/L, /f;;

Banner First

देउवालाई प्रधानमन्त्री बनाउन म तयारै छु- प्रचण्ड

By Thaha - Online

January 20, 2021

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनस्थापना भए नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन्। प्रचण्डले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई स्विकार्न सकिने बताएका हुन्। मंगलबार एक टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा उनले भनेका छन्, ‘संसद पुनस्थापनापछि देउवाजीलाई प्रधानमन्त्री बनाउन म तयारै छु। कांग्रेस संसदीय दलको नेता देउवा भएकाले उहाँलाई प्रधानमन्त्रीमा स्वीकार्न मलाई कुनै गाह्रो छैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संकटको भुमरीमा घचेटेको भन्दै प्रचण्डले भने, ‘संविधान रक्षा गर्नु पहिलो कार्य हो। त्यसकारण प्रधानमन्त्रीको दाबी मैले गर्दिनँ। विगतमा समझदारी अनुसार नै देउवालाई प्रधानमन्त्रीको पद छोडेकै स्मरण गर्दै उनले शान्ति प्रक्रियाको पहिलो अपिलकर्ता आफू र देउवा भएको नाताले पनि केही न केही सम्बन्ध दुवै नेतामा रहेको बताए।

देउवाको विकल्पमा अर्को व्यक्ति कांग्रेसले अघि सारे पनि स्विकार्न सकिने प्रचण्डले प्रष्टाए। ‘संविधान, प्रणाली बचाउन र जनतालाई स्थायित्व र विकास प्रदान गर्ने शर्तमा देउवालाई प्रधानमन्त्री स्विकार्न तयार छु। उहाँले अर्को दोस्रो व्यक्ति अगाडि सारे पनि स्विकार्न तयार छु,’ प्रचण्डले भने। प्रधानमन्त्रीमा आफूले दाबी नगर्ने प्रतिवद्धता जनाउँदै पार्टी संसदीय दलको नेता चयन भए पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने आफूमा नरहेको प्रचण्डको भनाइ छ।

कांग्रेसको बलमा सडक आन्दोलन प्रभावकारी हुनेमा विश्वस्त प्रचण्ड-माधव पक्षको नेकपाले प्रमुख प्रतिपक्ष दलसँग सहकार्यको प्रस्ताव गरेको छ। उनीहरुले प्रतिनिधि सभा पुनःस्थापनाका लागि सडक आन्दोलनमा सहकार्यको प्रस्ताव पनि राखिरहेका छन्। तर कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको भए पनि संस्थागत रुपमा पुनःस्थापनाको माग भने उठाएको छैन। कांग्रेसका संस्थापन इतरका नेताहरुले संसद पुनर्बहालीको माग गरिरहेका छन्।

तर, देउवा भने निर्वाचनकै पक्षमा छन्। देउवालाई मनाउन सके सडकको बल बढ्ने बुझाइमा प्रचण्ड-माधव नेकपा छ। त्यसैका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माघ १ मा देउवालाई उनकै निवासमा पुगेर भेटेका थिए। शान्ति सम्झौताका सहयात्री दलसमेत भएकाले मिलेर जानुको विकल्प नभएको प्रचण्डले बताएका छन्। संविधान, प्रणालीको रक्षा, स्थायीत्व र विकासका निम्ति तीन संसदीय दल बीच समझदारीको प्रस्ताव देउवासमक्ष राखेको प्रचण्डले सुनाए।

माघ १ मा देउवासँगको भेटबारे प्रचण्डले भने, ‘नेकपा (प्रचण्ड–माधव समूह), कांग्रेस र जसपाको बीचमा राम्रो राजनीतिक समझदारी हुनुपर्‍यो भनि देउवासँग कुरा राखेका हौं।’ प्रचण्ड र माधवले कांग्रेसका अन्य शीर्ष तहका नेतासँग पनि कुरा गरेका छन्। कांग्रेसका शीर्ष तहका अन्य नेतासँग प्रतिनिधि सभा विघटन विरुद्धका सबै शक्ति एकै स्थानमा नहुँदा संविधान र प्रणालीमा संकट आउनेप्रति सचेत बनाएको प्रचण्डले सुनाए।

‘विकास र समृद्धिका लागि जनताको अपेक्षा पूरा गर्न (तीन दल) एक नहुने हो भने स्वाधिनताको रक्षा गर्न गाह्रो हुने स्थिति आयो। त्यसकारण हामी एक ठाउँमा हुनुपर्‍यो त हामीले भनेकै छौं’, प्रचण्डले भने। संसद पुनःस्थापना भएन भने मुलुक डरलाग्दो संवैधानिक संकटमा फस्ने प्रचण्डको आँकलन छ। संसद पुनःस्थापना हुँदा नेकपा, कांग्रेस र जसपाले मिलेर सरकार बन्ने र मुलुक सहज दिशातिर प्रवेश गर्ने उनको बुझाइ छ।

निर्वाचनबाट नभाग्ने बताउँदै उनले भने, ‘प्रतिस्पर्धा विगतमा गरेको हो। फेरि पनि गरिन्छ तर संविधानलाई ट्रयाकमा राखेर मात्रै।’ प्रतिनिधि सभा भंग गर्ने निर्णय सच्चिएपछि मुलुक स्वतः निर्वाचनमा प्रवेश गर्ने उनले बताए। प्रधानमन्त्री ओली निकट मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा (प्रचण्ड-नेपाल पक्ष)ले अविश्वासको प्रस्ताव सदनमा दर्ता गराएको छ। सरकार बन्नका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निर्णायक शक्ति बनेको छ।

कुल ९३ सांसद रहेको प्रदेश १ मा ३८ सांसदले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। नेकपाको दुवै समूहको गरी ६७ सांसद छन्। कांग्रेसका २१ जना सांसद छन्।