तुलसीपुरका राजेन्द्र केसी पक्राउ



तुलसीपुर । तुलसीपुर उपमहनगरपालिका वडा नं. ६ का ४५ बर्षीय राजेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल फागुन ७ गते केसीलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै १४ लाख ८० हजार जरिवानाको फैसला गरेको थियो ।

त्यसपछि फरार रहँदै आएका केसीलाई मंगलवार दिउँसो साढे १ बजेतिर मालपोत कार्यालय तुलसीपुर नजिकै हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले जानकारी दिएका छन् ।

पक्राउ परेका केसीलाई बुधवार अदालतमा उपस्थित गराइको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्