छोरी र बुहारी माथी हुने फरक व्यवहारले महिला हिँसा बढाउँछ




सैघाली खबर
दाङ, २७ पुस । महिलाहरुका लागी घोराही पाँच दिने नेत्रित्व विकास तालिम सुरु भएको छ । नेपाल मगर महिला सेवा केन्द«को आयोजनामा तथा घोराही उपमहानरपालिका वडा नं. १४ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो । त्यस अबसरमा बोल्ने वत्ताहरुले महिला अधिकार सबै महिला एक ठाँउमा आउन जरुरी रहेको वताउनुभयो । चेतनाको अभावका कारण कति महिला घर बाहिर आउँन नसक्ने भन्दै त्यसका लागी यस तालिमले सहयोग पु¥र्याउने वताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोराही उपमहानरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले सामाजिक बन्धनका महिलाहरु पछाडि परेको वताउँनुभयो । घरमा छोरी र बुहारी माथी गर्ने व्यवहार फरक हुदा महिला माथी हिंसा भएको प्रमुख अतिथी डाँगीले वताउनुभयो । कार्यक्रमम वडा नं. १७ का सदस्य रेवन्ता पुन, मगर भाषा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष कृतिमान पुन , मगर महिला अगुवा दीलकुमारी बुढा, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली , पूर्णकमारी पुन,शितलाल पुन लगाएतले बोल्नु भएको थियो । मगर महिला सेवा केन्द्रका अध्यक्ष वईनसरी बुढाको अध्यक्षमा भएको कार्यक्रमको संचालन देवा सेनले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्