चीनले बनायो ४ हजार जना अटाउने कोरोना क्वारेन्टिन



बेइजिङ । फेरि कोरोना भाइरस देखिन थालेपछि चीनले चार हजार जना अट्ने विशाल क्वारेन्टिन क्याम्प बनाउन थालेको छ । यो महिना कोभिड-१९ को संक्रमण पुनः सुरु भएपछि चीनका करोडौं जनता कडा लकडाउनमा छन् ।

उक्त क्वारेन्टिन क्याम्प हेबेईको प्रान्तीय राजधानी सिजियाझुआङमा अवस्थित छ । यसले देशको राजधानी बेइजिङलाई घेरेको छ । चीनले भाइरसको संक्रमणलाई व्यापक रुपमा नियन्त्रण गर्न सफल भएको छ । देशका केही भाग साधारण जीवनमा फर्किसकेका छन् । यद्यपि, लुनार नयाँ वर्ष नजिकिँदै गरेको अवस्थामा अचानक संक्रमितको संख्या बढ्नुले अधिकारीलाई सचेत बनाइदिएको छ । लुनार नयाँ वर्ष चीनको ठूलो चाडमध्येको एक हो ।

यतिबेला लाखौं मानिसहरुले आफ्ना परिवारलाई भेट्ने अनुमान गरिएको छ । कोरोनाको आकस्मिक फैलावटको केन्द्र बनेको सिजियाझुआङका अधिकारीले त्यहाँ व्यापक मात्रामा परीक्षण र कडा लकडाउन लागू गरेका छन् । यहाँका पूरा गाउँलाई नै केन्द्रीकृत क्वारेन्टिन स्थलमा परिणत गरेको छ । यसो गरेर त्यहाँका अधिकारी भाइरसको फैलावट रोक्न चाहन्छन् । यो नयाँ क्वारेन्टिन क्याम्पमा कोरोनाका बिरामीसँग नजिकको सम्पर्कमा रहेका मानिसहरुलाई राख्ने बताइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्