युवा नेता ज्ञवाली द्वारा दुई विद्यालयमा मास्क वितरण



कपिलवस्तु – कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमकै बिचमा बिद्यालय सुचारु हुंदा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु गरिएको छ । कपिलबस्तुका दक्षिणी र उत्तरी क्षेत्रका बिद्यालयहरुमा बिद्यार्थीहरुलाई मास्क बितरण गरिएको हो ।

अभियानकै क्रममा बुधबार बाणगंगा नगरपालिका वडा नः १ मा रहेको बाल मावि बैरीया र वडा नः २ मा रहेको ज्ञानपुञ्ज बोडिङ स्कुलका करिव १२ सय बिद्यार्थीलाई मास्क बितरण गरिएको छ । लुम्बिनि बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीको पहलमा ती बिद्यालयलाई माक्स बितरण गरिएको हो । माक्स

बितरण कार्यक्रममा समाजसेवि दोलकराम घिमिरे, नवदत्त घिमिरे, अञ्जपना ज्ञवाली, पत्रकार अशोक पौडेल र बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अर्न्तगत उक्त मास्क बिद्यालयमा हस्तान्तरण गरिएको हो ।

जोखिमकै बिचमा बिद्यालय संचालन गर्दा बिद्यार्थीहरुको स्वास्थ्य संकट झन् बढ्दै जाने संभावनालाई न्यूनिकरण गर्ने अभिप्रायले बिद्यालयमा कोभिड नियन्क्रण सामग्री बितरण गरिएको कार्यत्रमका संयोजक ज्ञवालीले बताउनुभएको छ ।

उहाले अन्य बिद्यालयमा समेत कोभिड भाइरस नियन्त्रण सामग्री बितरण गरिने अभियान जारी रहने समेत जानकारी दिनुभयो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्